बिटी क्लबको देउसी भैलोबाट ७ लाख संकलन
खेलकुद र सामाजिक कार्यमा खर्च गर्ने
पाेखरा | मंसिर ६, २०८०
पोखरा: पोखरामा सक्रिय रहेको बिटी क्लबले तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ ।
खेलकुद, सामाजिक कार्यक्रममा क्रियाशिल बिटी क्लबले सञ्चालनमा गरेको देउसी भैलो तथा सांस्कृतिक साँझबाट ७ लाख रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
४ दिनसम्म पोखराको विभिन्न स्थानमा देउसी भैलो सञ्चालन गरेको क्लबले मंसिर ३ गते टुडिखेल मैदान नजिक सांस्कृतिक कार्यक्रममा समेत आयोजना गरेको थियो । क्लबले आयोजना गरेको देउसी भैलोमा ४ लाख ५० हजार र सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष थापाले बताए ।
सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले कला संस्कृतिको संरक्षणमा क्लब र स्थानीयहरु अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाली समाज विविधतामा एकता छं, सबैको कला संस्कृतिको सम्मान गर्नुपर्छ’,अध्यक्ष गुरुङले भने, ‘कला, संस्कृति र भेषभुषाको संरक्षण गर्न क्लब र स्थानीयहरु जागरुक हुन आवश्यक छ ।’
खेलकुद र सामाजिक कार्यमा अग्रसर हुँदै आएको बिटी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका १ टुँडिखेल मैदानमा ४ लाखको लगानीमा बास्केटबल कोर्ट समेत निर्माण गरेको छ ।
क्लबले घाइते खेलाडी र मृगौला पीडितहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।
क्लबले सञ्चालन गर्दै आएको फुटलबल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । उनका अनुसार १७ औं बिटीकप एवम् ७ औें विरेन्द्र स्मृति कप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि सञ्चालन गर्ने तयारी छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

